कवाडी गोदाममा आगलागी : पुरिएको अवस्थामा थप १ जनाको शव फेला

कवाडी गोदाममा आगलागी : पुरिएको अवस्थामा थप १ जनाको शव फेला


विराटनगर ।

विराटनगर महानगरपालिका ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ ।

आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव नचिनिने अवस्थामा रहेको छ ।

यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ६ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको थियो ।