बुटवलले ऊर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने

बुटवलले ऊर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने


बुटवल ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ऊर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताएका छन् ।

बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसँग नेपालमा ऊर्जा दक्षता निर्माण बिनले गरेको कार्यक्रममा बोल्दै उनले अब बन्ने भवनहरू ऊर्जा खपत कम गर्ने गरी वातावरणमैत्री भवन निर्माणमा प्रोत्साहन गर्ने बताए ।

उनले नगरभित्रका भवन निर्माणका मापदण्ड परिमार्जन गर्दै समयानुकूल बनाउने बताए ।

कार्यक्रममा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल बीनका प्रोजेक्ट इन्जिनियर विशाल पाण्डे, विल्डिङ मटेरियल एक्सपर्ट सानुवाबु डंगोल र पोलिसी एक्स्पर्ट ओम धरानन्द राजोपाध्यायले भवन निर्माणका क्रममा ख्याल गर्ने सकेमा आर्थिक हिसाबले पनि कम खर्च लाग्ने बताए ।