अमेरिका पठाउने भन्दै ६४ लाख लिएर फरार न्यौपाने पक्राउ

अमेरिका पठाउने भन्दै ६४ लाख लिएर फरार न्यौपाने पक्राउ


काठमाडौँ ।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।