क्यासिनो पस्ने नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने ३ जना पक्राउ

क्यासिनो पस्ने नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने ३ जना पक्राउ


काठमाडौं ।

नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका-८ घर भई ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देही तिलोत्तमा नगरपालिका-२१ कोटिहवा घर भई काठमाडौं तारकेश्वर बस्ने २५ वर्षीय बिनोद न्यौपाने रहेका छन् ।

काठमाडौं उपत्यकाका क्यासिनोहरुमा हुने विभिन्न कृयाकलापहरूमाथि निगरानी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।