नवज्योति स्कुललाई पुनः साधारणसभा गर्न उञ्च अदालतको आदेश

नवज्योति स्कुललाई पुनः साधारणसभा गर्न उञ्च अदालतको आदेश


लुम्बिनी ।

उच्च अदालत पाटनले नवज्योति इङ्लिस बोर्डिङ स्कुल रुपन्देही प्रा.लि.लाई निर्देशनात्मक आदेश प्राप्त भएको मितिले एक महिनाभित्र कानुनी प्रक्रिया पुर्‍याएर वार्षिक साधारणसभा गराउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।

उक्त निर्देशनात्मक आदेशमा “लक्ष्मण ज्ञवालीको अध्यक्षतामा बसेको मिति २०७९/०८/१७ को साधारणसभाको बैठकलाई निजले अध्यक्षको अधिकार प्रयोग गरी स्थगित गरेको उक्त साधारणसभालाई निरन्तरता दिई कानुनको रीतै नपुगेको उक्त साधारणसभालाई मान्यता दिने गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७९/०९/५ मा भएको निर्णय, निर्देशन मिलेको नदेखिदा बदर गरिएको” भनिएको छ ।

“अव नवज्योति इङ्लिस बोर्डिङ स्कुल रुपन्देहीको साधारणसभा कानुनको प्रकृया पुर्याई यो आदेश प्राप्त भएको मितिले १ (एक) महिना भित्र सम्पन्न गराउनु भनी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ” उच्च अदालत पाटन पुल्चोक ललितपुर (इजलास नंं.५) द्वारा जारी फैसला/आदेशको कार्यान्वयन जानकारी सम्बन्धमा विषयको पत्रमा उल्लेख छ ।

गत वर्ष मंसिर १७ मा विद्यालयका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा शुरु भएको साधारणसभामा अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी स्थगित गरेकोमा कानुनको रितै नपु¥याईं सो सभालाई निरन्तरता दिई झबिन्द्र प्रसाद कँडेलले साधारण सभा सम्पन्न गरी आफू अध्यक्ष भएको घोषणा गरेका थिए ।

यसअघि उच्च अदालत पाटनको संयुक्त इजलासले झबिन्द्रप्रसाद कडेलको अध्यक्षतामा भएको साधारणसभा र सो सभाले गठन गरेको भनिएको सञ्चालक समिति गैरकानुनी भएको भन्द अन्तरकालीन आदेश दिएकाे थियाे ।

.