उच्च पहाड र हिमाली क्षेत्रमा हिउँ पर्ने, चिसाेबाट जाेगिन अनुराेध

उच्च पहाड र हिमाली क्षेत्रमा हिउँ पर्ने, चिसाेबाट जाेगिन अनुराेध


काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोसी, मधेस र बाग्मती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति भने सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।