नागढुंगाबाट पनि समातियाे २ किलाे सुन

नागढुंगाबाट पनि समातियाे २ किलाे सुन


काठमाडाैँ ।

त्रिभुवन विमानस्थलबाट १४ किलाे सुन समातिएकै दिन काठमाडौंको नागढुंगाबाट प्रहरीले २ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको हाे ।

रसुवाबाट काठमाडौं आउँदै गरेको स्कर्पियोबाट प्रहरीले २ किलो सुन बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर ३ जनालाई नियन्त्रणमा लिएको उनले बताए ।