१४ किलो सुन तस्करीकाे विषयमा छानबिन गर्न ६ सदस्यीय समिति

१४ किलो सुन तस्करीकाे विषयमा छानबिन गर्न ६ सदस्यीय समिति


काठमाडौँ । 

भन्सार विभागले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनकाे विषयमा छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

शुक्रबार विभागले पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको हो ।

प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहेको समिति बनाइएकाे हाे । समितिलाई ५ दिनको कार्यादेश दिइएको छ।

बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको उडान नं. एफजेड ५७३ बाट आएका राहदानी नं. पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएकाे थियाे ।