तोरी बारीमा मृत भेटियाे भाले हात्ती

तोरी बारीमा मृत भेटियाे भाले हात्ती


झापा ।

बाह्रदशी गाउँपालिका १ खयर बारीमा जङ्गली हात्ती मृत फेला परेको छ ।

बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा भाले हात्ती मृत फेला परेको हो । स्थानीय नगेन्द्र राईको बारीको सुठुनी खाई सोही ठाउँको तोरी बारीमा हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयको सखरखण्ड खाएर क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान छ । तर, प्रहरीले बाहिरी चोट पटक नभएको जनाएको छ ।

प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भइसकेको छ।

त्यस्तै हात्तीको आक्रमणबाट गत मङ्सिर १५ मा हाल्दिबारी–३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो। उनको मृत्युसँगै झापामा हात्ती आक्रमणबाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ ।