परीक्षाको प्रश्नपत्र दिने भन्दै छात्रालाई यौन दुर्व्यवहार, एक शिक्षक पक्राउ

परीक्षाको प्रश्नपत्र दिने भन्दै छात्रालाई यौन दुर्व्यवहार, एक शिक्षक पक्राउ


रामेछाप ।

लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सार्कीलाई पक्राउ गरिएको रामेछापका प्रहरीले जानकारी दिएको छ ।

पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको जानकारी छ ।

प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रालाई यौन दुर्व्यवहार गरेका थिए ।