हात्तीको आक्रमणबाट अर्का एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट अर्का एक जनाको मृत्यु


विराटनगर ।

हात्तीको आक्रमणमा परी झापाको हल्दीबारीमा बुधबार १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने हल्दीबारी गाउँपालिका-२ को वडा कार्यालयका सहयोगी कर्मचारी ६० वर्षीय पाथल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान घरबाट करिब २०० मिटर पर उनलाई हात्तीले आक्रमण गरेको थियो ।

२ सातायता झापा, मोरङ र सुनसरीमा गरी हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

जंगली हात्ती गाउँ छिरेर स्थानीय बासिन्दाको घर भत्काउने, अन्न र बाली खाइदिने साथै अरू भौतिक सम्पत्तिमा क्षति पुर्‍याउने क्रम बढेको छ ।

कतिपय गाउँमा हात्तीबाट बच्न स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन् ।