नाबालिकालाई अनलाइनमार्फत दुर्व्यवहार गरेर फरार रहेका सगिर दुबईबाट पक्राउ

नाबालिकालाई अनलाइनमार्फत दुर्व्यवहार गरेर फरार रहेका सगिर दुबईबाट पक्राउ


काठमाडौं ।

अनलाइनमार्फत नाबालिकालाई दुर्व्यवहार गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर कुराकानी गर्ने क्रममा अनलाइनबा अश्लील कृयाकलाप गर्न लगाएर मानसिक यातना दिएको अभियोगमा फरार अभियुक्त पक्राउ परेका हुन्।

ती नाबालिकाका अभिभावकले कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछि अनुसन्धान थालिएको थियो।

उक्त उजुरीमाथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट प्यूठानको सरुमारानी गाउँपालिका वडा नं. १ घर भएका ३३ वर्षीय सगिर अहमदलाई पक्राउ गरिएको हो।