आफ्नै १ करोड ५० लाख खर्चमा खड्काले बनाए २ वटा मन्दिर

आफ्नै १ करोड ५० लाख खर्चमा खड्काले बनाए २ वटा मन्दिर


हेटौँडा ।

हेटौँडाका एक समाजसेवीले १ करोड ५० लाख रुपैयाँ लगानीमा मन्दिर निर्माण गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाको नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन् ।

१७ वर्ष वनस्पति घ्यु उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे ।

व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बनेका उनी बाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन्।

भगवानकाे सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनकाे भनाइ छ ।

व्यवसाय गरेर प्रशस्त आम्दानी गरेका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने बताए ।

सुरुमा ५० लाख रुपैयाँको योजनासहित मन्दिर निर्माणमा जुटेका खड्काले काम गर्दै जाँदा डेढ करोड खर्च भएको बताए ।

वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो ।