हस्ताक्षर ‘भेरिफाई’ गराउन नेसनल हाइड्रोका सदस्यहरूको निवेदन

हस्ताक्षर ‘भेरिफाई’ गराउन नेसनल हाइड्रोका सदस्यहरूको निवेदन


काठमाडौँ ।

साधारणसभाका लागि सदस्यको हस्ताक्षर भेरिफिकेसन (प्रमाणित) गराउन निवेदन परेको छ । ६ पुसमा नेसनल हाइड्रोपारको साधारणसभा बाेलाइएकाे छ । झुठा तथा नक्कली प्रोक्सी हस्ताक्षर संकलन गरेर साधारणसभा गर्न लागिएको भन्दै सदस्यको हस्ताक्षर प्रमाणित गराउनुपर्ने निवेदन परेको हो ।

ग्लोबल आइएमई क्यापिटल मार्केटको सेयर रजिस्टर्ड विभागलाई सम्बोधन गरेर लेखिएको निवेदनमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिस्टर्ड ग्लोबल आइएमई क्यापिटल मार्केटले नै हस्ताक्षरको सक्कल प्रमाणीकरण गरेर मात्र साधारणसभाको कार्यक्रम गर्नुपर्ने माग गरिएको छ ।

साधारणसभामा हुने मतदानमा नक्कली हस्ताक्षरमार्फत मतदान हुने संकेत देखिएको भन्दै सेयर सदस्यले यस्तो रोक्न निवेदन दिएका हुन् ।

झुठा तथा नक्कली हस्ताक्षरको भरमा साधारणसभामा मतदान भएमा कानुनी कारबाहीका लागि अगाडि बढ्ने पनि सेयर सदस्यहरूले चेतावनी दिएका छन् ।