काफलको रुखमा झुण्डिएको अवस्थामा आमा छोरा मृत फेला

काफलको रुखमा झुण्डिएको अवस्थामा आमा छोरा मृत फेला


प्यूठान ।

प्यूठानमा आमा छोरा मृत फेला परेका छन् ।

झिमरुक गाउँपालिका ३ पिपलारुख भन्ने स्थानमा आमाछोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

३८ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का काफलको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृतकका श्रीमान मजदुरीका लागि भारत गएका छन् । घटनास्थलमा पुगी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।