नगरप्रमुखको अभिव्यक्तिप्रति चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकारको आपत्ती

नगरप्रमुखको अभिव्यक्तिप्रति चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकारको आपत्ती


बर्दिवास ।

चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाजले बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ ।

पत्रकारद्वय विशाल बस्नेत र राजकरण महतोद्वारा रातु नदी उत्त्खननको सम्प्रेषित सामाग्रीहरु भ्रमपुर्ण भएको अभिव्यक्तिप्रती आपत्ती जनाउदै उक्त आरोप फिर्ता लिन आग्रह समेत गरिएको छ ।

ज्यानको जोखिम बोकेर रातु नदीवाट स्थलगत रिपोर्टिङ गरेका पत्रकारहरुको मनोवललाई निरुत्साहित वनाउने गरि नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले दिएको अभिब्यक्ती ठेक्केदारलाई प्रोत्साहन गर्ने देखिएको अध्यक्ष अनिलकुमार कर्णले वताए ।

गत शुक्रबार बर्दिवास नगरपत्रकार संजालको कार्यालय उदघाटन समारोहमा पुगेर नगरप्रमुख क्षेत्रीले पत्रकारहरुले देखाएका भिडियो र फोटो भ्रमपुर्ण भएको वताएका थिए ।

मापदण्डबिपरित अनाधिकृतरुपमा ठेक्केदार कम्पनीले पथलैया खण्डमा गरेको उत्त्खननलाई पत्रकारहरुले सम्प्रेषण गरेपछी नगर क्षेत्रमा अहिले तरंग पैदा भएको छ ।

सामाजिक संजालमा धारणा बनाउने मात्र हैन ८ राजनीति दलहरुले त सामुहिक बिज्ञप्ति नै सार्वजनिक गरेका छन । मापदण्ड विपरित भैइरहेको उत्त्खनन तत्काल रोक्न दलहरुले बिज्ञप्तिवाट माग गरेका थिए ।

उनिहरुले यही क्रममा जिल्ला समन्वय समिती, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुलाई ज्ञापनपत्र समेत बुझाएका छन ।
यथेष्ट प्रमाणहरु देखिदादेखिदै पत्रकारहरुका सम्प्रेषित सामाग्रीहरु भ्रमपुर्ण भएको वताएका नगरप्रमुख क्षेत्रीलाई चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाजले त्यस्लाई पुष्टि गर्न पनि चुनौती दिएको छ ।

ऐन, नियम र मापदण्डमा आधारित भएर पत्रकारहरुले गरेको समाचार सम्प्रेषण जनप्रतिनिधिहरुलाई जिम्मेवार र सचेत वनाउने महत्त्वपूर्ण आधार भएको हुदा नगरप्रमुखलाई सोहीअनुसार स्वीकार गर्न आग्रह समेत गरिएको छ ।
यता नगरपत्रकार संजाल बर्दिवासले पनि पत्रकारहरुमाथी लगाएको आरोप झुट र ठेक्केदारलाई खुसी वनाउने जस्तो देखिएको निष्कर्ष निकालेको छ ।