५ दर्जन हात्तीलाई वनभोज : खुवाइयो ड्रागन फ्रुट, भेलीको खिर र कुचीको परिकार

५ दर्जन हात्तीलाई वनभोज : खुवाइयो ड्रागन फ्रुट, भेलीको खिर र कुचीको परिकार


काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका निजी होटेलहरूले पालेका हात्तीहरूलाई कम्तीमा पन्ध्र प्रकारका झन्डै २,००० केजी खाना खुवाएर वनभोज गराइएको छ।

पाँच दर्जनको सङ्ख्यामा हात्तीहरू सहभागी रहेको उक्त वनभोजमा उनीहरूलाई मन पर्ने विभिन्न फलफूल घाँसपात र अन्न खुवाइएको छ।

उखु, ड्रागन फ्रुट, स्याउ, केरा, खरबुजा, धान, भेली, नुन, चनालाई हरियो घाँसमा बेरेर बनाइने कुची खुवाएर वनभोज गरिएको आयोजकले बताए।

हात्तीलाई वर्षभरि काम गराएर एक दिन मात्र मिठो खुवाउने नभई हरेक दिन पोषणयुक्त खाना खुवाइनु पर्ने आगन्तुकको भनाइ छ।बीबीसी