स्वास्थ्य चौकीमा लडेर एक जनाको मृत्यु

स्वास्थ्य चौकीमा लडेर एक जनाको मृत्यु


दोलखा ।

स्वास्थ्य चौकीको कम्पाउन्डमा लडेर एक जनाको मृत्यु भएको छ।

दोलखाको बिगु गाउँपालिका-४ स्थित स्वास्थ्य चौकीको कम्पाउन्डमा लडेर गोरपाङका ७० वर्षीय करलमु शेर्पा घाइते भएका थिए।

उपचारका लागि दोलखास्थित धुलिखेल शाखा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।