प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण नदिएसम्म पैसा नतिर्ने उद्योगीहरूको भनाई

प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण नदिएसम्म पैसा नतिर्ने उद्योगीहरूको भनाई


काठमाडौं ।

उद्योगीहरूले प्रयोग नै नगरेको बिजुलीको महशुल तिर्न नसकिने जनाएका छन्।

आइतबार एभरेस्ट होटलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पशुपति मुरारकाले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले दिनुपर्ने अनि मात्र आफूहरुले पैसा तिर्ने बताएका हुन् ।

‘बिजुली प्रयोग गरेको समयमा नै बिल पठाएको भए यो समस्या नै आउने थिएन। त्यो समयमा प्रयोग भएको र त्यो समयमा भएको बिलिङअनुसार कुनै पनि बक्यौता बाँकी छैन।’, उनले भने ।

उनले टीओडी मिटरको डेटा नै नभएको प्राधिकरणले बताएकोमा रुष्ट हुँदै प्राधिकरणकै विनियमावलीले यसलाई सुरक्षित राख्ने व्यवस्था गरेको सम्झाए। त्यस्तै नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले सरकार र सरकारी निकायबाट आफूहरुलाई अपराधीजस्तो व्यवहार गरिएको आरोप लगाए।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता महशुल विवाद समाधान गर्नुको साटो उद्योगको लाइन काटेर गैरजिम्मेवारी देखाएको उनको भनाइ छ ।डेडिकेटेड र ट्रंकलाइन बक्यौता महशुल विवाद झन् चर्किँदै गएको छ। नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको धमाधम लाइन काट्न थालेपछि दुई पक्षबीच आरोप-प्रत्यारोप चलेको हो।