काठमाडौंबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौंबाट हत्कडीसहित थुनुवा फरार


काठमाडौं ।

जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको हाे ।

फरार खड्काको खोजी भइरहेकाे छ ।