रित्ता गाग्री बोकेर ‘ए सरकार पानी दे’ भन्दै पाटन पुगे स्थानिय

रित्ता गाग्री बोकेर ‘ए सरकार पानी दे’ भन्दै पाटन पुगे स्थानिय


काठमाडौं ।

मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेको छ ।

उपभोक्ताहरु रित्ता गाग्रीसहित ए सरकार पानी दे, पानीमारा राजनीति पार्टी मूर्दाबाद लगायतका विभिन्न नारा लेखिएका पोस्टर र प्लेकार्ड बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए ।

काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर एक महिनादेखि नै नियमित जसो प्रदर्शन गर्दै आएका छन् ।