बेपत्ता भएको ४ दिनपछी मृत भेटीए बुढाथोकी

बेपत्ता भएको ४ दिनपछी मृत भेटीए बुढाथोकी


हुम्ला ।

४ दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी शुक्रबार मृत फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए।

गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए।