जडीबुटीकाे स्पा सेन्टरमा आगलागी

जडीबुटीकाे स्पा सेन्टरमा आगलागी


काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा आगलागी भएको छ । म

ङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको हो ।

पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतले बताए ।

विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् ।

आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।