चक्रवर्ती कलेजका अध्यक्षलाई आफ्नै छोराले हाने खुकुरी

चक्रवर्ती कलेजका अध्यक्षलाई आफ्नै छोराले हाने खुकुरी


काठमाडौं ।

चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि सोमबार राती छोरा निरजसहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

टाउकोमा चोट लागेका देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो।

राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।

भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाह रहँदै आएको छ।

प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ।