लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ ।

लगातार तेस्रो दिन पनि सुनको भाउ घटेको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

हिजो मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले घटेको थियो । आजपनि घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।

महासंघका अनुसार तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।