रामबहादुर बमजनलाई सार्वजनिक गरी आजै सर्लाही पठाइने

रामबहादुर बमजनलाई सार्वजनिक गरी आजै सर्लाही पठाइने


काठमाडौं ।

रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार दिउँसो सार्वजनिक गर्ने भएको छ।

त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ। उनलाई प्रहरीले मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।

उनीविरूद्ध सर्लाहीमा मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने तयारी रहेको सिआइबी स्रोतले बताएको छ। सर्लाहीकी रिता बोटलाई बेपत्ता पारेको बमजनमाथि आरोप छ।

सिआइबीको टोलीले उनको घरबाट अहिलेसम्म तीन करोड ३ लाख रुपैयाँ बरामद गरेको छ। १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको हो।

सिआइबी प्रमुख किरण ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। अहिलेसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्।

जिल्ला अदालत सर्लाहीमा बम्जन विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । एआईजी बज्राचार्यले भनिन्, ‘बम्जन बिरुद्ध सर्लाही जिल्ला अदालतबाट वारेन्ट जारी भएको छ, आज हामी  त्यहाँ उपस्थित गराउँछौं ।’