तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक


काठमाडौं ।

मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ ।

बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।

मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

 

 

बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ ।उनको साथबाट प्रहरीले १४ थान मोबाइल र ४ थान ल्यापटप बरामद गरेको छ ।

यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।