तपस्वी रामबहादुर बम्जनले चढ्ने गाडीकाे मूल्य ५ करोड !

तपस्वी रामबहादुर बम्जनले चढ्ने गाडीकाे मूल्य ५ करोड !


काठमाडौं ।

मंगलबार पक्राउ परेका राम बहादुर बम्जनले ५ करोड पर्ने ल्याण्डक्रुजर जेडएक्स गाडी प्रयोग गर्ने गरेको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) ले उनले प्रयोग गर्ने सो गाडी ललितपुरको बुङमती बस्ने बर्ष ४५ को बौद्ध श्रवन धर्म संघ ललितपुको अधक्ष्य पनित महर्जनको नाममा रहेको बताइएकाे छ ।

सेतो रङ्गको सो गाडी धुम्बाराही स्थित युनाईटेड ट्रेडर्स सिन्डिकेट शोरूममा ५ करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै उनले प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुला राम तामाङको नाममा रहेको सेतो टोयोटा फ्रन्टरनर प्रयोग गर्ने गरेको खुलेको छ । उनले Cross Fire Bike, 390 CC KTM Duke, Yamaha Ray ZR Scoter समेत ४ वटा दुई पांग्रे सवारी साधन पनि प्रयोग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्। बम्जनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बम्जनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ।

बम्जनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। टोली पुग्दा उनी भाग्न खोजेका थिए। बम्जन चार तले घरको चौथो तलाबाट खाली जमिनमा हाम्फालेका थिए। प्रहरीले उनलाई त्यहीँ पक्रेको थियो।