भाेलि ९ जिल्लामा सार्वजनिक बिदा

भाेलि ९ जिल्लामा सार्वजनिक बिदा


काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।

पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन् । सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।