आज ११ कम्पनीको साधारण सभा, कुन कुनले दिँदै छन् लाभांश ?

आज ११ कम्पनीको साधारण सभा, कुन कुनले दिँदै छन् लाभांश ?


काठमाडौं ।

आज नेप्सेमा सूचीकृत भएका ११ कम्पनीको साधारण सभा बस्ने मिति निर्धारण भएको छ।

पुष महिना सकिन लागेसंगै सूचीकृत कम्पनीहरुलाई साधारणसभा सम्पन्न गर्न हतारो भएको छ । ११ वटा कम्पनी मध्येमा ५ वटा कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभामा लाभांश प्रस्ताव पेश गर्नेमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन्। बाँकी रहेका ६ कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन्। यसपटक लाभांश नदिनेमा एनएमबि बैंक,चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी रहेका छन् ।

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट २ र सर्वासाधारण समूहबाट पनि २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव राखेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गरिसकेको छ।

एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ। लुम्बिनी विकास बैंकको सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । सोल्टी होटलको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । यस कम्पनीको साधारण सभाले ३१.५७८५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ। यसले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश दिन लागेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गरिसकेको छ । विन्ध्यवासिनी हाइड्रोपावरको सभा कम्पनीको कार्यालय परिसर नयाँ बनेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साभामा भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । चन्द्रागिरी हिल्सको सभा यस कम्पनीको कार्यालय थानकोट परिसरमा दिउँसो १२.३० बजे सुरु हुनेछ । कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ । यस कम्पनीको सभाले १०.५२६ प्रतिशत लाभांश घोषण दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

कालिन्चोक दर्शनको सभा रोयल इभेन्ट तीनकुने काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । संस्थापक तथा सर्वसाधारण सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने विषयमा छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको साभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

अरुण काबेली पावरको सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सभा लिसारा रिसेप्सन, भगवति बहाल, नक्सालमा बिहान १० बजेबाट सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ३ गते बुक क्लोज गरिसकेको छ ।