४६ बर्ष जेल बसेपछि निर्दोष सावित, पाए २५ मिलियन डलर क्षतिपुर्ति

४६ बर्ष जेल बसेपछि निर्दोष सावित, पाए २५ मिलियन डलर क्षतिपुर्ति


न्युयोर्क ।

आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन ।

अमेरिकाको इतिहासमा नै अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो क्षतिपुर्ति पाउन लागेको ड्युक ल स्कूलले जनाएको छ।

रोनी लङ, जो अश्वेत समुदायका हुन, उनलाई ५४ वर्षीया एक गोरी महिलालाई बलात्कार गरेको आरोप लगाइएको थियो । सन १९७६ मा सबै गोरा निर्णायकहरूले उनलाई बलात्कार र चोरीको दोषी ठहराएका थिए ।

तर, ४६ बर्ष जेल बसे पछि उनी निर्दोष भएको प्रमाणित भएको थियो, जुन समाचार बाहिरिए पछि विश्वभरी अमेरिक न्यायको आलोचना भएको थियो ।

लामो अनुसन्धान पछि सन २०२० मा उनी निर्दोष भएको भन्दै जेलसजायँ मुक्त गरिएको थियो ।