पुर्वमा फेरी हात्तीले मार्यो मान्छे

पुर्वमा फेरी हात्तीले मार्यो मान्छे


सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

जङ्गलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो ।

प्रहरीका अनुसार उनहाँको घटनास्थलमै मृत्यु भएको हो ।

विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।