आफ्नै घरमा लगेर १३ वर्षीया बालिका बलात्कार, एकजना पक्राउ

आफ्नै घरमा लगेर १३ वर्षीया बालिका बलात्कार, एकजना पक्राउ


उदयपुर ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई प्रहरीले पक्राउ गरेको छ ।

 

राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।