आज पनि घट्यो अमेरिकी डलरको भाउ

आज पनि घट्यो अमेरिकी डलरको भाउ


काठमाडौ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घट्दा युरोमा भने वृद्धि भएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक पैसाले घटेको हो । बिहिबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार युरोपियन युरोमा ४६ पैसाले बढेको छ । आज एक युरोको खरिदमा १४५ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रूपैयाँ २१ पैसा तोकिएको छ । बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ९८ पैसा र बिक्रीदर ८९ रूपैयाँ ३८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ १४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ५९ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ८ पैसा तथा बिक्री दर १० रूपैयाँ १२ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ५३ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।

 

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।