धेरै वाणिज्य बैंकले माघ महिनाका लगि घटाए व्याजदर, कुन बैंकले कति व्याज दिने ?

धेरै वाणिज्य बैंकले माघ महिनाका लगि घटाए व्याजदर, कुन बैंकले कति व्याज दिने ?


काठमाडौं।

माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

धेरैजसो बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको छ ।

पुस महिनामा ८.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको हो।

वाणिज्य बैंकहरुमध्येमा सिटिजन्स बैंकको ब्याजदर सबैभन्दा बढी रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ९.१५ प्रतिशत ब्याज दिने भएको छ।

त्यसैगरी, बैंकले संस्थागत तर्फभने अधिकतम ६.६ प्रतिशत ब्याज दिने भएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको अधिकतम ब्याजदर पुस महिनाको तुलनामा ०.२ प्रतिशतविन्दु घटेको हो।

त्यसैगरी, सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंकको रहेको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.०१ प्रतिशत ब्याज दिइरहेको यस बैंकले माघ महिनामा अधिकतममा ७.२६ प्रतिशत मात्र ब्याज दिने भएको छ।

प्राइम कमर्सियल बैंकले सबैभन्दा बढी ब्याजदर घटाएको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेको यस बैंकले माघ महिनामा ८.१ प्रतिशत मात्र ब्याज दिने भएको छ। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.१ प्रतिशतका दरले ब्याज दिने भएको छ।