अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्याे

अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्याे


 काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

आइतबार अमेरिकी डलरसंगै युरोको कारोबार भाउ पनि घटेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।

यो मूल्य शुक्रबारको तुलनामा १७ पैसाले घटेको हो ।शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसामा कारोबार भएको थियो ।

यसैगरी आइतबार युरोपियन युरोमा ५४ पैसाले घटेको छ । आज एक युरोको खरिदमा १४५ रूपैयाँ १ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६७ पैसा तोकिएको छ । शुक्रबार भने युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रूपैयाँ २१ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ २ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ७ पैसा तथा बिक्री दर १० रूपैयाँ १२ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ २९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ४८ पैसा र बिक्रीदर २८ रूपैयाँ ६१ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।