जलेर ८७ वर्षीया चिन्कीकाे मृत्यु

जलेर ८७ वर्षीया चिन्कीकाे मृत्यु


काठमाडौं ।

बर्दियाको मधुवनी नगरपालिका-४ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार विहान ३ बजे मधुवनी-४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।