इमाडोलमा एक महिला इनारमा खसिन्

इमाडोलमा एक महिला इनारमा खसिन्


ललितपुर ।

इमाडोलमा एक महिला इनारमा खसेकी छन्।

सोमबार बिहान पौने १० बजे इमाडोल कृष्णमन्दिर पछाडि एक जना महिला खसेकी हुन् ।

प्रहरीलाई बिहान ९ः५० बजे उक्त घटनाबारे खबर भएको थियो। अहिले ती महिलाको उद्धार गर्ने काम भइरहेको छ।

प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको छ। प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीको टोली पनि घटनास्थल जाँदैछन्।

थप विवरण आउन बाँकी छ।