गरिमा विकास बैंकले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर दिने

गरिमा विकास बैंकले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर दिने


काठमाडाैं ।

गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आइतबार पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०/८१ को लागि लेखापरीक्षण नियुक्ति गर्ने लगायतका प्रश्तावहरु पारित गरेको छ ।

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पूजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ । साधारण सभाको लागि २०८०पौष १७ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गतेसम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनस शेयर प्राप्त गर्ने छन् ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।