उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङले लगाए ताला, भने– घिसार्दै निकाल्न नपरोस् !

उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङले लगाए ताला, भने– घिसार्दै निकाल्न नपरोस् !


धरान ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले सोमबार उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् ।

मेयर साम्पाङले आफूले लगाएको ताला कसैलाई नखोल्न चेतावनी दिएका छन् । उनले आवश्यक परे आफैँ खोल्ने बताएका छन् ।

ताला लगाएपछि मेयर साम्पाङले सामाजिक संजालमा लगातार दुईवटा स्टाटस लेख्दै उपकुलपतिलाई ढिलो नगरी निकास दिन भनेका छन् । ‘न्यायोचित माग राखेर आन्दोलन गरिरहेका डा. शिक्षक र कर्मचारीहरुको माग तत्काल पूरा गरी स्थिति सुधारमा नगए अवस्था झन् बिग्रने देखिन्छ ! सम्बन्धित निकायले ध्यान देवोस,’ मेयर साम्पाङले भनेका छन् ।

त्यसअघि उनले कार्कीलाई राजीनामा नदिए घिसारेर निकाल्न नपरोस् भन्दै चेतावनी दिएका थिए । ‘बि.पि. अस्पतालको ख्ऋ नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है,’ उनको चेतावनी छ ।