दोलखामा सुख्खा पहिरो : एक जनाको मृत्यु र २ जना घाइते

दोलखामा सुख्खा पहिरो : एक जनाको मृत्यु र २ जना घाइते


दोलखा ।

दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।

सोमबार दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पहिरोमा पुरिएर बिगु गाउँपालिका-१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको छ। यस्तै सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएको उनले बताए।

सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो नासा हाइड्रो पावरमा कार्यरत उनीहरूमाथि पहिरो खसेको थियो। सडकको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले उनीहरूलाई पुरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।