उपकुलपति कार्कीलाई तत्काल उपस्थित गराइमाग्दै हर्क साम्पाङले स्वास्थ्यमन्त्री लाई लेखे पत्र

उपकुलपति कार्कीलाई तत्काल उपस्थित गराइमाग्दै हर्क साम्पाङले स्वास्थ्यमन्त्री लाई लेखे पत्र


काठमाडौं ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्की खोज्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्यमन्त्री लाई आग्रह गरेका छन् ।

प्रा. डा. कार्की लाई तत्काल उपस्थित गराइदिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेखेका हुन् ।

मंगलबार मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।