३ लाख रुपैयाँ धरौटीमा छुटे जलहरी भ्रष्टाचारका आरोपित थापा

३ लाख रुपैयाँ धरौटीमा छुटे जलहरी भ्रष्टाचारका आरोपित थापा


काठमाडौं ।

पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा। प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।