नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै


काठमाडाैं ।

नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ ।

यहि माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो ।

नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एस. एस./कलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो । त्यसैगरि सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्निोलोजी(नास्ट),नेसनल इनोभेसन सेन्टर(एनआइसी),युनेस्को नेपाल,रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी(आरडिएस) र साइन्स टिचर्स नेपाल लगायतको सहकार्यमा सम्मेलन गर्न लागिएको हो ।

उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले शोधकर्ताको रुपमा सम्मेलनमा भाग लिन सक्ने आयोजकले जनाएको छ ।

युवा शोधकर्ताहरुका लागि विभिन्न ६ वटा विधामा छुट्टाएको छ । जस अन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स,जीवन विज्ञान,रसायन र वातावरण विज्ञान,भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।

यस शिखर सम्मेलनमा विशेषगरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ ।
सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु,भिडियो क्लिपका साथै पोष्टर र मौखिक रुपमा प्रस्तुतकरणका आधारमा छनौट गरिने आयोजकले जनाएको छ ।

युवा शिखर सम्मेलनमा सहभागी युवाहरुलाई विभिन्न उपाधि,प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदक समेत प्रदान गरिने छ ।

प्रत्येक विधाका विजेताहरुलाई १३ औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउने छन् । पुरस्कारका विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरका अन्य खोज अनुसन्धानमुलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ ।