त्रिभुवन विमानस्थलको भन्सार चेकजाँचमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन

त्रिभुवन विमानस्थलको भन्सार चेकजाँचमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन


काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

अर्थ मन्त्रालयको आग्रहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन् ।

अर्थमन्त्री प्रकाश शरण महतले पुस १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदनशीलता र बढ्दो चुनौतीका कारण सशस्त्र प्रहरी परिचालन गरिदिन आग्रह गरेका थिए ।

पुस २६ मा उपप्रधानमन्त्री श्रेष्ठले सो निर्णय गरेका हुन् ।

माघ १ बाट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टरको कमान्डमा टिम परिचालन भएको प्रमुख भन्सार कार्यालयले जनाएकाे छ ।