काठमाडौंमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंमा आगलागी, एक जनाको मृत्यु


काठमाडौं ।

काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।