विदेश जाने नेपालीलाई अनावश्यक हैरानी नदिन प्रधानमन्त्रीकाे निर्देशन

विदेश जाने नेपालीलाई अनावश्यक हैरानी नदिन प्रधानमन्त्रीकाे निर्देशन


काठमाडाैं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गुनासो बढ्न थालेको बताउँदै जनतालाई अनावश्यक हैरानी नदिन निर्देशन दिएका छन्।

बुधबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा नागरिकहरूलाई सहज वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन्।

‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र राष्ट्र र जनताको हितमा काम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।