२०४ बोरा प्याज बरामद

२०४ बोरा प्याज बरामद


काठमाडौँ ।

प्रहरीले सिराहाबाट २०४ बोरा अवैध प्याज बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले मंगलबार राति २ बजे सिराहाको लहानबाट काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा मुसहरिया सडक खण्डमा उक्त प्याजसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।

बरामद प्याज ४ लाख ८ हजार मूल्य बराबर रहेको प्रहरीले जनाएको छ ।

प्याजसहित प्र १–०२–००१ ख ९१६१ नम्बरको ट्रक र त्यसका चालक उदयपुर कटारीका २६ वर्षका राजेश कटुवाल पनि पक्राउ परेका छन् ।

बरामद प्याजसहित कटुवाललाई सवारी साधन राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।