गौशाला-२६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ

गौशाला-२६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ


काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ।

एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्।