आज पनि ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ७ सय रूपैयाँले घटेको हो।

बुधबार पनि सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको थियो ।

बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुन १ लाख १६ हजार ९५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो १४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।